जनता टाइम्स

२९ असार २०७९, बुधबार १५:२५

जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत, ६२ वर्षीय पुरुष पक्राउ


जाजरकोट, २९ असार । जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत हुनुभएको छ । उहाँलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवालय गाउँपालिका–३ चोरकम्द बस्ने ६२ वर्षीय पुरुषलाई सोमबार पक्राउ गरेको छ । गत शनिबार वृद्धालाई ती पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत जाजरकोटबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।