काठमाडौं, साउन ६ । अर्थमन्त्री डा युवराज खतिवडाले गुठीहरु सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोत भएको बताउनु भएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई महत्व दिएर नेपाली समाजले विपद् व्यवस्थापनमा पनि उल्लेख्य योगदान दिन सफल हुँदै आएको बताउनु भयो ।
काठमाडौंमा आयोजना गरिएको ‘नेपालमा सार्वभौमिक सामाजिक सुरक्षाको बाटो’ विषयक सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले नेपाली समाजमा ठूलाले सानालाई माया गर्ने र वृद्धवृद्धाहरुलाई सम्मान गर्ने परम्पराले सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदान पुगेको बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई संविधानले मौलिक हकको रुपमा स्थापित गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्