काठमाडौँ, ६ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठक डाकिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो । । समितिले पारित गरेपछि मौद्रिक नीति सार्वजनिक गर्नेछ । राष्ट्र बैंकको अनुसन्धान विभागले प्रस्ताव गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति व्यवस्थापन समितिले पारित गरिसकेको छ।
गभर्नर महाप्रसाद अधिकारीले हिजो (बिहीबार) अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गर्नुभएको थियो । राजनीतिक र आर्थिक दबाबकाबीच गभर्नर अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति ल्याउन लाग्नुभएको हो । बजेट आएको १०/१५ दिनमा आउनुपर्ने मौद्रिक नीति यसपटक राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको टसलका कारण केही ढिलाइ भएको छ ।













प्रतिक्रिया दिनुहोस्