जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार ०८:५४

गुल्मीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, थप विवरण आउँन बाँकी


गुल्मी, साउन ७ । सत्यवती गाउँपालिका –३ को दाङसियामा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । दुई जनाको उद्धार गरिएको छ ।

राति खसेको पहिरोले घर भत्काउँदा ज्यान गएकाको परिचय खुलेको छैन । यस्तै, सत्यवती गाउँपालिकाको लिंघाको भिरकुनामा चार वटा घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ । यसबारेमा थप विवरण आउँन बाँकी छ ।

रिडी रुद्रबेनी र वामी टक्टर सडकखण्ड अवरुद्ध भएकाले प्रभावित ठाउँमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ ।