काठमाडौं, साउन २६ । अर्थमन्त्री जनार्दन शर्माका. आतंक र उदण्डता देखेर सो मन्त्रालयमा कुनै पनि सचिव जान अस्वीकार गरेका छन । सवैजसो सचिवले शर्मासँग काम नगर्ने भन्दै बहिस्कार गरेपछि सरकारले अन्ततः अर्थ मन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्करलाई नै सचिवको समेत जिम्मा दिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । यसअघि अर्थ सचिवमा मधु मरासिनी रहेकोमा उनको सरूवा प्रधानमन्त्री कार्यालयमा भएको छ ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी माग भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बस्नुभएको थियो भने प्रधानमन्त्रीसँग भेटेरै बदमास मन्त्रीसँग काम नगर्ने भन्दै हाजिर हुनुभएको थिएन । मरासिनी अर्थमा शर्मा फर्किएपछि हाजिर नै नगरी सरुवा हुनुभएको हो ।
उहाँ सरुवा भएपछि अन्य सचिव जान अस्वीकार गर्दा पुस्करकै भागमा परेको हो ।













प्रतिक्रिया दिनुहोस्