जनता टाइम्स

२९ श्रावण २०७९, आईतवार १२:३९

कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ


काठमाडौं, २९ साउन । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले पदभार सम्हाल्नुभएको छ । आज कर्णाली प्रदेश प्रमुख तिलक परियारसँग शाहीले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

सो अवसरमा मुख्यमन्त्री जीवनबहादुर शाही पनि उपस्थित हुनुहुन्थ्यो । माओवादी केन्द्र कर्णाली प्रदेश सभा सदस्य शाहीलाई शुक्रबार मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गर्नुभएको थियो । गैरसंसद कार्चेन लामाको कार्यकाल ६ महिना पूरा भएपछि उद्योग मन्त्रालय खाली थियो ।