जनता टाइम्स

१० भाद्र २०७९, शुक्रबार १२:५१

सामाजिक सुरक्षा भत्ता दिन घर–घर पुगे वडाध्यक्ष भण्डारी


जुम्ला, १० भदौ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको वडा नम्वर १ का नवनिर्वाचित वडा अध्यक्ष भिमबहादुर भण्डारी आफैं उपस्थित भएर सेवाग्राहीका घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहनुभएको छ । भत्ता वितरण गर्न मात्रै नभई मतदातालाई धन्यवाद दिन र गाउँमै वडा सरकार आएको महसुस गराउनका लागी बुम्रमाडिचौरगाउँमा रहेको मतदाताको घर आँगनमा पुगेको बताउनुभयो ।

एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई भत्ता बुझ्ने ठाउँसम्म पुग्न कठिनाइ हुने भएकाले भत्ता पाउने सेवाग्राहीको घरमै पुगेर वितरण गरेको उहाँले बताउनुभयो । ‘गाउँमै भत्ता वितरण गर्ने कुरा त हाम्रो चुनावी प्रतिबद्धता नै थियो,’ अध्यक्ष भण्डारीले भन्नुभयो ।