जनता टाइम्स

१६ भाद्र २०७९, बिहीबार १७:३८

कर्णाली माओवादीका संसदीय दलमा शर्मा


सुर्खेत, १६ भदौ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन हुनुभएको छ । उहाँलाई संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले आज प्रमुख सचेतकको जिम्मेदवारी दिनुभएको हो । यसअघि प्रमुख सचेत बन्न्ुभएको कृष्णा शाह आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली भएको थियो ।

शाहभन्दा अगाडि ठम्मर विष्ट प्रमुख सचेतकको भूमिकामा हुनुहुन्थ्यो । उहाँ एमालेमा प्रवेश गरेपछि शाह चयन हुनुभएको थियो । आज नियुक्त हुनुभएको शर्मा यसअघि सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसक्नुभएको व्यक्ति हो ।