जनता टाइम्स

२ आश्विन २०७९, आईतवार १७:३४

मुगुको माटो प्रयोगशाला ६ बर्षदेखि प्रयोगविहीन


मुगु, २ असोज । मुगुस्थित माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । ०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना भएको प्रयोगशाला कर्मचारी अभावका कारणा प्रयोगविहीन भएको हो । प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एक कोठामा थन्किएको छ ।

प्रयोगशालामा लाखौँ पर्ने बहुमुल्य सामग्री छन् । जिल्ला कृषि बिकास कार्यालय मुगुका अनुसार कर्मचारी र बजेट पाए प्रयोगशाला सञ्चालन हुने जनाएको छ । कार्यालय मुगुका प्रमुख खेमराज शाहीले प्रयोगशाला कहिले प्रयोगमा आउँछ भन्ने बारे जानकारी नभएको बताउनुभयो ।

माटो प्रयोगशाला ०७३ सालमा कर्णाली प्रदेश सरकारको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत कर्णालीका १० वटै जिल्लामा स्थापना गरिएको हो । माटो प्रयोगशाला नहुँदा मुगुका किसानले आफ्नो खेतबारीको माटोको गुणस्तर थाहा पाउन सकेका छैनन् । माटो परीक्षणपछि सोहीअनुसार किसानहरूले खेति लगाउने अपेक्षा प्रयोगशाला नचल्दा अपुरै रहेको छ ।