जनता टाइम्स

१ मंसिर २०७९, बिहीबार १७:४९

जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना, तीन प्रहरीसहित ६ जना घाईते


जुम्ला, १ मंसिर । जुम्लामा मतदान केन्द्रतर्फजाँदै गरेको जिप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे१च २१८८ नम्बरको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार तिला गाउँपालिका–४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्रतर्फ जाँदै गरेको उक्त जिप दुर्घटना भएको हो ।

दुर्घटना परि घाइते भएकाहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ ल्याईदै गरेको प्रहरीको भनाइ छ । उहाँका अनुसार तीनजना प्रहरी एक मतदान अधिकृत, एक साहयक मतदान अधिकृत र एक कार्यालय सहयोगी घाइते भएका छन् ।

दुर्घटनाको प्रारम्भिक जानकारीअनुसार निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी, सहायक मतदान अधिकृत आदप्रिसाद न्यौपाने, हरिप्रसाद देवकोटासहित ६ जना घाइते हुनुभएको छ । प्रहरीका अनुसार उक्त जिपमा आठ जनाको टोली थियो । दुई जना सकुशल रहेको र ६ जना घाइते भएका हुन् । घाइतेलाई कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ ।