जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार ०८:१७

सल्यानबाट नेकपा एसका उपमहासचिव प्रकाश ज्वाला निर्वाचित


सल्यान, मंसिर ८ । सल्यानमा प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सल्यान क्षेत्र नं १ बाट नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वाला ३५ हजार ७०० मत ल्याई विजयी हुनुभएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतान्तरले पराजित गर्नुभएको हो ।

पराजित शाहले १९ हजार ७८९ मत ल्याउनु भएको छ । त्यस्तै, एमालेका उमेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत पाउनु भयो । २०३७ सालदेखि राजनीतिमा लाग्नुभएका