जनता टाइम्स

११ मंसिर २०७९, आईतवार १५:१४

उडने बेला नेवानिको जहाजको ‘इन्जिन स्टार्ट’ नभएपछि


काठमाडौं, मंसिर ११ । इन्जिन स्टार्ट गर्न आवश्यक पर्ने एपीयू (एक्जिलरी पावर युनिट) को बिल्ड प्रेसरसम्बन्धी समस्या उत्पन्न भएपछि नेपाल वायुसेवा निगमले साढे ११ बजे मुम्बई पठाउनुपर्ने जहाजका यात्रु अलपत्र परेका छन ।

जहाज समयमै नउड्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ५२ जना यात्रु अलपत्र परेका हुन । निगमको यात्रु सेवा विभागका एक उच्च अधिकारीका अनुसार मुम्बईका लागि तय गरिएको न्यारोबडी अल्फा किलो ह्विस्की विमानको इन्जिन स्टार्ट नभएपछि बाहिरबाट अर्को उपकरणको सहायताबाट इन्जिन स्टार्ट गर्नुपर्ने थियो ।

निगमकै ग्राउन्ड ह्यान्डलिङ विभागले एयर स्टार्ट युनिट (एएसयू) उपकरण लिएर जहाज स्टार्ट गर्न खोजे पनि उक्त उपकरण पनि बिग्रिएपछि जहाज उड्न नसकेको हो । निगमका एक निर्देशकका अनुसार अब निगमले दिल्लीबाट फर्किँदै गरेको अर्को न्यरोबडी मुम्बई पठाउने भएको छ ।