जनता टाइम्स

३ माघ २०७९, मंगलवार १२:४२

नेपाल टेलिकमको टेलिफोन सेवा देशभर नै अवरुद्ध


काठमाडौं, माघ ३ । नेपाल टेलिकमको मोबाइल सेवा देशैभर अबरुद्ध भएको छ । टेलिकमको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो ।

उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

नेपाल टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएको बिषयमा कुनै जानकारी दिएको छैन । सामाजिक सञ्जालमा देशभर नै टेलिकमको मोवाइल सेवा अवरुद्ध भएको जानकारी आइरहेको छ ।