मुगु, ११ फागुन । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रकारका स्रेत साधनहरू जुटाइन्छ, तर त्यसको फलस्वरुप नतिजा भने राम्रो देखिँदैन । पर्यटकलाई थप आकर्षक गर्न रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले मोटरबोट ल्याएको थियो ।
गत आर्थिक वर्ष निवर्तमान वार्डेन बद्रि विनोद दाहालको कार्यकालमा ल्याइएको मोटरबोट करिब आधा बितिसक्दा पनि सञ्चालनमा नआउँदै बिग्रिनुका साथै रारातालको छेउमा थन्किएको छ । दाहालको कार्यकालमा सञ्चालनमा ल्याउने भनिएको उक्त मोटर बुट सञ्चालन नआउँदा रारा राष्ट्रिय निकुञ्ज कार्यालयको एउटा कोठामा थन्किएको थियो ।
उक्त बुट १८ लाखमा खरिद गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ । विशेष गरेर उक्त मोटर बुट राराताल आकस्मिक घटना घटेमा त्यसको उद्धारको लागि मोटरबोट ल्याइएको थियो । उक्त मोटरबोट सञ्चालनमा नआउँदा राजस्वमा न्यून संकलन हुनु, पर्यटकलाई थप आकर्षण नहुने जस्ता विभिन्न पक्षलाई हेरिएको छ । गत ७ महिनाअघि पूर्व वार्डेन दाहाल हुँदा मोटरबोट प्रयोग नगरिनुका साथै स्टोरबाटै झिकिएन ।
तर, उहाँको सरुवा भएपछि रारा राष्ट्रिय निकुञ्जमा कार्यभार सम्हालेका वर्तमान वार्डेन विश्वबाबु श्रेष्ठलाई मोटरबोट सञ्चालन, रेस्क्युको लागि डुँगा चालकले अनुरोध गर्नुभयो । मोटरबोटलाई प्रयोगमा ल्याउन बर्दियाबाट एनटी एनसी मिस्त्री झिकाई स्टोरमा थन्किएको मोटरबोट हेर्दा भित्रि भाग तर्फ तीनवटा प्वाल परेर फेला परेको डुंगा नाईके राजेश रावलले जानकारी दिनुभयो । उक्त बुट सिल स्काई कम्पनि बाट ल्याईएको हो ।













प्रतिक्रिया दिनुहोस्