जनता टाइम्स

१९ फाल्गुन २०७९, शुक्रबार १४:२१

जुम्लामा मिसन ग्रासरुट : कांग्रेस–माओवादी त्यागेर एक सय बढी एमाले भित्रिए


जुम्ला, फागुन १९ । मिसन ग्रासरूट अन्तर्गत जुम्लाको गोठीचौर कमिटीले अग्रजहरूलाई सम्मान गर्ने अभियान शुरू गरेको छ।

नेकपा एमाले जुम्ला जिल्ला अन्तर्गत संचालन भएको दुई महिने मिसन ग्रासरूट अभियानलाई प्रभावकारी बनाउन गोठीचौर गाउँपालिका अन्तर्गत रहेका पहिलो पुस्ताका एमालेका नेता कार्यकर्ताहरूलाई सम्मान गर्ने सप्ताह शुरू गरेको छ।

पालिकामा रहेका छ वडामा रहेका सबै गाउँ र टोलमा नविकरण,नयाँ सदस्यता वितरण र कमिटी गठन,पुर्नगठन गर्दै आईरहेको अभियानका केन्द्रीय प्रतिनिधि नगिन्द्र शाही नेसनलले बताउनु भयो ।

मिसन ग्रासरूट अभियानमा अहिलेसम्म विभिन्न पार्टी परित्याग गरी एक सय भन्दा धेरै जना एमालेमा जोडिएका छन् ।