जनता टाइम्स

२१ फाल्गुन २०७९, आईतवार १३:५९

चन्दननाथ-२ मा मिसन ग्रासरुट : पुनर्गठन गरियो वडा कमिटी


जुम्ला, फागुन २१ । नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट अन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका-२, भण्डारीबाडामा आज कार्यकर्ता भेला तथा वडा कमिटी पुनर्गठन गरिएको छ ।

केन्द्रीय सदस्य विष्णु रिजालले दक्षिणपन्थी कांग्रेसको सेवा गर्ने वामपन्थी नामधारीबाट कम्युनिस्ट आन्दोलनलाई बचाउनुपर्नेमा जोड दिनुभयो । उहॉले भन्नुभयो, ‘पहिले कम्युनिस्ट पार्टीको प्रधानमन्त्रीलाई हटाएर कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउने अनि अहिले कम्युनिस्ट पार्टीबाट राष्ट्रपति बनाउने बेलामा कांग्रेसका उम्मेद्वारलाई अघि सार्नेहरूलाई कम्युनिस्ट भन्ने नैतिक र राजनीतिक अधिकार छैन ।’

वडा कमिटीका अध्यक्ष बलबहादुर भण्डारीको अध्यक्षतामा आयोजित भेलाले हरिबहादुर भण्डारीको नेतृत्वमा नयॉ कमिटी गठन गरेको छ । भेलामा जुम्ला जिल्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश सचिवालय सदस्य गोर्ख पेछाई, जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाही, नगर कमिटी अध्यक्ष धर्मेन्द्र रोकाया, अनेरास्वियुका केन्द्रीय सदस्य विराज भण्डारी, युवा संघका जिल्ला अध्यक्ष हरिश रोकायालगायतको उपस्थिति थियो ।

भेलाले वडाभित्रका भण्डारीबाडा, कुमाईबाडा र खोलिकोटमा पार्टी सदस्यता नवीकरण र विस्तारका लागि टोली गठन गरेको छ ।