जनता टाइम्स

२७ फाल्गुन २०७९, शनिबार १४:३५

जुम्लाको बाइरॉका र लिताकोटमा मिसन ग्रासरुट सम्पन्न


जुम्ला, २७ फागुन । जुम्लाको तातोपानी गाउँपालिकाको १ र ३ नम्बर वडामा नेकपा (एमाले) को मिसन ग्रासरुट अभियान अन्तर्गत वडास्तरीय भेलाहरू सम्पन्न भएको छ ।

वडा नम्बर १ को बाइरॉकामा वडा कमिटीका अध्यक्ष कालो कामीको अध्यक्षतामा आयोजित भेलामा केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल, जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य मेनका पछाई, जिल्ला कमिटी उपाध्यक्ष सुरत शाही, सचिव धनकृष्ण पाण्डे, प्रदेश प्रतिनिधि नारायणी चौलागाईं, जिल्ला कमिटी सदस्य चन्द्रमान बुढा, अमर रोकाया, क्षेत्रबहादुर महत, गाउँ कमिटी अध्यक्ष पूर्ण पाण्डे, सचिव राजु रावत, युवा संघका जिल्ला अध्यक्ष हरिश रोकायालगायतको उपस्थिति रहेको थियो ।

लिताकोटमा ३ नम्बर वडा कमिटी अध्यक्ष मनवीर सार्कीको अध्यक्षतामा भेटघाट आयोजना भएको थियो ।