जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार ०९:२९

सोलुखुम्बु केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्पको धक्का


सोलुखुम्बु, भदौ ५  सोलुखुम्बुमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण सोलुखुम्बुको गोलीमा खैलाबैला मच्चिएको थियो । भूकम्पबाट धनजनको क्षति नभएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो ।