जनता टाइम्स

२० चैत्र २०७९, सोमबार १८:३१

जिप दुर्घटना हुँदा १४ जना घाइते


सुर्खेत, २० चैत । दैलेखमा जिप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटका लागि छुटेको १ ज५५ नम्बरको जिप दैलेखको आठबिस नगरपालिका–१ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो । उक्त जिपमा सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ ।

जिपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइते २ जनाको अवस्था गम्भीर र अन्य १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । गम्भीर घाइतेहरुको उद्धार गरी सुर्खेततर्फ पठाएको छ ।

घाइते हुनेमा २० वर्षीय मनिसा बोगटी, ५५ वर्षीय गोपिकला बिष्ट, ७ वर्षीय बसन्त बुढा, ६ वर्षीय अखिल बुढा, ७ वर्षीय भिष्ण बोगटी, ३३ वर्षीय दुर्गा बोगटी, ७ वर्षीय प्रतिक्षा बटला, १४ वर्षीय सरद बिष्ट, ६ वर्षीय राजकुमार बोगटी, ६ वर्षीय स्वस्तिका बोगटी, १२ वर्षीय कल्पना सहकारी, ५ वर्षीय भुवन बटाला, १२ वर्षीय सुबास सहकारी र २४ को धन बहादुर बटाला रहेका छन् ।