जनता टाइम्स

१७ जेष्ठ २०८०, बुधबार ०७:१०

नेपालमा उत्पादित तेल महँगो हुने


काठमाडौँ, १७ जेठ । नेपालका तेल उत्पादन उद्योगीहरूले कच्चा तेल ९क्रुड आयल० को भन्सार वृद्धि गरेसँगै नेपालमा उत्पादित सबै प्रकारका प्रशोधित तेल महँगो हुने बताएका छन् ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रस्तुत बजेटमा कच्चा तेलको भन्सार १० प्रतिशत प(याउने निर्णयसँगै नेपालमा उत्पादित प्रशोधित तेलको भाउ महँगो हुने भएको हो । नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घका अध्यक्ष सन्दीप अग्रवालले सरकारको बजेटबाट स्वदेशमा सञ्चालित तेल उद्योग बन्द गर्नुपर्ने अवस्था रहेकाले यस विषयमा पुनर्विचार गर्न आग्रह गर्नुभयो । बजेटमार्फत ल्याइएको नीतिले भारतबाट अवैध बाटो हुँदै आउने तेललाई अझै प्रोत्साहन हुने क्रम बढ्ने उहाँको दाबी छ । नयाँ व्यवस्थाले प्रशोधित तेल प्रतिलिटर १५ रुपियाँसम्म महँगो हुने प्रक्षेपण गरिएको छ ।

चालु आर्थिक वर्षमा कच्चा तेलको आयातमा भन्सार महसुल एक प्रतिशत लाग्दै आएको थियो । अर्थमन्त्री डा महतले आगामी आवको बजेटमार्फत भन्सार महसुल १० प्रतिशत पु(याएसँगै नेपालमा उत्पादित प्रशोधित तेल महँगो हुने भएको हो ।

सङ्घका अध्यक्ष अग्रवालले खाने तेल अति आवश्यक उपभोग्य वस्तुमा पर्ने भएकाले यसको कच्चा पदार्थमा भन्सार बढ्नेबित्तिकै उद्योगदेखि सर्वसाधारणको भान्छासम्म असर पर्ने बताउनुभयो ।

तेल उत्पादक सङ्घले अवैध रूपमा भित्रिने तोरीको तेलका कारण स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै तत्काल यस्तो गतिविधि रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग माग गरेको थियो । नेपालमा तेल उद्योगलाई बचाउनका लागि सरकारले तत्काल चोरी पैठारी भित्रिने व्रmमलाई नियन्त्रण गर्ने र हाल स्वदेशी उद्योगलाई लगाउँदै आएको १३ प्रतिशत कर खारेज गर्न माग गर्दै आएका छन् । भारतमा कृषि उत्पादनमा मल, बिउलगायतका क्षेत्रमा सहुलियत र तोरी तेलमा भ्याट नलाग्ने भएकाले भारतीय तोरीको तेल नेपाली तोरीको तेलभन्दा लगभग २५ प्रतिशत सस्तोमा बिक्री भइरहेको छ । गोरखापत्रबाट