जनता टाइम्स

२६ जेष्ठ २०८०, शुक्रबार १६:१०

बजेटप्रति आपत्ति जनाउँदै सत्तारुढ दलकै सांसदले गरे रोष्टममै मौनधारण


काठमाडाैं, जेठ २६ । नेकपा एकीकृत समाजवादीका सांसद एवं पूर्वमन्त्री किसान श्रेष्ठले बजेटले मधेशलाई अपमान गरेकाे भन्दै कडा आपत्ति जनाउनुभएकाे छ ।

शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै सांसद् श्रेष्ठले बजेटले मधेशलाई अपमान गरेको भन्दै १ मिनेट माैनधारण समेत गर्नुभयाे ।

सत्तापक्षकाे भएकाले विराेधमा जान नसकेकाे र फ्लाेर क्रस गर्न पनि नसक्ने खालकाे आपतमा आफू परेकाे समेत उहाँले बताउनुभयाे । सांसद् श्रेष्ठले याे बजेट हुबहु पारित हुनै नसक्ने पनि बताउनुभयाे । केही जिल्लामा धेरै बजेट पारिएकाे भन्दै उहाँले नांगाे रुपमा नहिँड्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी पनि दिनुभयाे ।