जनता टाइम्स

१२ असार २०८०, मंगलवार १३:११

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ


काठमाडौं, असार १२ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

ब्यवसायी गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज निवासबाटै पक्राउ गरेको हो । उहाँलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले खुलाइसकेको छैन । यद्यपि ठगी आरोपमा हुन सक्ने स्रोतको भनाइ छ । संकटग्रस्त सहकारीमा समेत गुरुङको संलग्नता देखिएको बताइएको छ ।

गुरुङलाई ललिता निवासको जग्गा हिनामिना प्रकरणको पनि अभियोग थियो । मालपोत कार्यालयका केही कर्मचारीसँगको मिलेमतोमा जग्गा खरिद गरेको आरोप लागेका गुरुङ २०७७ सालमा विशेष अदालतले २ करोड धरौटी मागेपछि सो बराबरको बैंक ग्यारेण्टी बुझाएर छुटनु भएको थियो ।