काठमाडौं, असार १३ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक,२०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।
प्रतिनिधिसभाका २७ जना सांसदले खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गरेकोमा सांसद डा. अमरेशकुमार सिंहले आफ्नो प्रस्ताव फिर्ता लिनुभयो । बैठकमा सिंहले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, गृहमन्त्रालय र उपराष्ट्रपतिको कार्यालयसम्बन्धी खर्च कटौती प्रस्ताव फिर्ता लिनुभएको हो ।
बाँकी २६ सांसदले आफ्नो प्रस्ताव फिर्ता नलिएपछि सभामुख देवराज घिमिरेले बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत भएका हुन । बैठकमा सभामुख घिमिरेले सांसदहरूलाई खर्चकटौतीको प्रस्ताव फिर्ता लिन समय दिनुभएको थियो ।
सांसद प्रेम सुवाल,नारायणप्रसाद आचार्य,भगवती चौधरी,दामोदर भण्डारी,बलराम अधिकारी, वसन्त नेम्वाङ, वसन्त नेम्वाङ, कृष्ण गोपाल श्रेष्ठ, सुमना श्रेष्ठ, दामोदर पौडेल, गोकर्ण विष्ट, दीपा शर्मा, गोकुलप्रसाद बाँस्कोटा, ठाकुरप्रसाद गैरे, सूर्यबहादुर थापा क्षेत्री, प्रभु साह, जुली कुमारी महतो, सूर्यप्रसाद ढकाल, महेशकुमार बर्तौला, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह, योगेशकुमार भट्टराई, सराज अहमत,हरिप्रसाद उप्रेती र पदम गिरीले विभिन्न मन्त्रालयसम्बन्धी खर्च कटौतीको प्रस्ताव पेश गर्नुभएको थियो ।
यी सबै सांसदले पेस गरेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।














प्रतिक्रिया दिनुहोस्