काठमाडौं, १४ असार । ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै उनीहरुले आज बिरोध प्रदर्शन गरेका हुन ।
चालकहरुले कलंकी–बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ । राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरुले आफूहरुका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्नेलगायत माग राखेका छन ।
सरकारका नीति र निर्णय आफूहरुको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरुले सरकारबिरुद्ध चर्काे नाराबाजी समेत गरेका छन । चालकहरुले सरकारले आफूहरुको रोजीरोटी खोस्ने काम गरेको भन्दै आक्रोस पोखेका छन ।


























प्रतिक्रिया दिनुहोस्