जनता टाइम्स

१४ असार २०८०, बिहीबार १३:११

कर्णाली प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित


सुर्खेत, १४ असार । कर्णाली प्रदेशसभाको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिव जीवराम बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिनुभएको हो ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने सचिव बुढाथोकीले जानकारी दिनुभएको छ । यसअघि बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णालीको संसद् अवरुद्ध गरेको थियो । बजेट पैतृक सम्पत्ति जसरी बाँढेको भन्दै एमालेले संसद्मा अवरोध गर्दै आएको छ ।