जनता टाइम्स

१६ असार २०८०, शनिबार १६:०१

भोली कर्णाली प्रदेशसभा बैठक बस्दै


सुर्खेत, १७ असार । भोली कर्णाली प्रदेशसभा बैठक बस्दैँछ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक भोली बस्न लागेको हो । प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आइतबार बस्ने गरी तय गरिएको छ ।

यसअघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो ।

जसकाकारण बैठक सुचारु हुन सकेका थिएन । बजेट संशोधन नभएसम्म संसद अवरुद्ध गर्ने एमालेले चेतावनी छ । संसदमा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन। तर, पनि बैठक आजका लागि बोलाईएको छ ।