जनता टाइम्स

१७ असार २०८०, आईतवार १९:२९

ललिता निवास प्रकरण : माधवतिर सोझियो छानविन, सिफारिशकर्ता कार्कीसहित तीन आरोपी पक्राउ


काठमाडौं, असार १७ । ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप ३ जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले आज बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो ।

महर्जन नक्कली मोही, भट्टाराई २०६० सालमा कमनापा ४ का तत्कालिन वडासचिव (हाल महानगरका अधिकृत) र कार्की २०६७ सालमा नापी कार्यालयमा कार्यरत रहेका थिए ।

कार्कीले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको भनेर सिफारिस गरेका थिए । त्यसकै आधारमा १४ रोपनी भन्दा बढी जग्गा नक्कली मोही र अरु व्यक्तिका नाममा गएको थियो । कार्की पक्राउ परेसँगै निर्णय गर्ने प्रमुख ब्यक्ति अर्थात तात्कालिन प्धानमन्त्री माधवकुमार नेपालतिर छानविन अघि बढेको छ ।