कालीकोट, २३ असार । कालीकोटमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ मा भेरागाड खोलाले बगाउँदा धनबहादुर बोगटीको ज्यान गएको हो । हिजो बेलुका खोलाले बगाएर बेपत्ता भएका बोगटीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
कालीकोटमा खोलाले बगाउँदा एक जनाको मृत्यु













प्रतिक्रिया दिनुहोस्