धनगढी, असार २७ । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाको घर मर्मतका लागि बजेट बिनियोजन गरेको छ ।
आरजुको धनगढीस्थित घर मर्मतका लागि प्रदेश सरकारले १० लाख बजेट छुट्याएको पाइएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवापत्नी आरजुको घरमा मन्त्री निवास मर्मत लागि भन्दै १० लाख रुपैयाँ बिनियोजन गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट बिनियोजन गरेको थियो ।
जसअनुसार प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट धनगढी उपमहानगरपालिका–४ मा रहेको आरजुकोे घर मर्मत लागि १० लाख रुपैया छुट्टयाइएको हो । हाल उक्त घरमा भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा एम आरजुका भतिजा बस्ने गर्छन ।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको चौतर्फी आलोचना भइरहेको बेला नेतृका निवास मर्मत गर्न बजेट बिनियोजन गरेको हो । प्रदेश सरकारको यो कामले प्रदेश सरकार राज्यकोषमाथि लुटपाटमा उत्रिएको तथ्य उजागर गरेको छ ।













प्रतिक्रिया दिनुहोस्