मुगु, १ साउन । कर्णालीसहित मुगुमा हिजोबाट सबै घर–घरमा प्रहरीको फोन नम्बरसहितको स्टिकर टाँस अभियान शुभारम्भ भएको छ । सेवा प्रवाहमा नागरिकलाई सहज र सजिलो होस भन्ने उद्देश्यलृ यो अभियान सुरू गरिएको हो । स्वयं आफैँ नागरिक असुरक्षित भएमा अथवा शंकास्पद बस्तु फेला पारेमा वा अन्य केही समस्या परेमा स्टिकरमा उल्लेख भएका सम्पर्क नम्बरहरुमा फोन गर्ने सकिने जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
स्टिकर अभियानमा छायाँनाथ रारा नगरपालिकाका करिब ५ हजार भन्दा बढि घरधुरीको ढोकामा स्टिकर टाँस गरिने योजना रहेको प्रहरी नायव उपरीक्षक महेश बस्नेतले बताउनुभयो । उहाँका अनुसार छाँयानाथ रारा नगरपालिकाको सहयोग र यस जिप्रकाको सहकार्यमा यो कार्यक्रमको थालनी गरिएको बताउनुभयो ।
स्टिकर टाँस अभियानको शुभारभ जिल्ला समन्य समितिका प्रमुख मञ्जन बहादुर कार्की, छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भाम, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा र डिएसपि महेश बस्नेतले सयुक्त रुपमा गरेका हुन् । उनीहरु सगैँ जिल्लाका सराकारवाला निकायले पनि शुभारम्भ गरेका थिए । स्टिकर टाँस अभियान सदरमुकाम गमगढी बजारका घरहरूबाट सुरु गरिएको हो । मुगु जिल्लामा रहेका ४ वटा स्थानीय तहरुका घर–घरमा स्टिकर टाँस गरिने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्