जनता टाइम्स

७ श्रावण २०८०, आईतवार १३:२२

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुग्यो, आज समातिए नापीका पूर्वकर्मचारी


काठमाडौं, साउन ७ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका नापी कार्यालयका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले श्रेष्ठलाई आज पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठले अमिन हुँदा सरकारी जग्गा व्यक्तिको भनेर नापजाँच गर्नुभएको थियो । यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत हालसम्म १९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।