काठमाडौं, साउन २८ । नागरिक लगानी कोषले साढे ९० करोड भन्दा बढी रुपैयाँ भन्दा बढी खुद नाफा गरेको छ । कोषले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको तथ्यांक देखाएको हो ।
गत वर्ष कोषले ९० करोड ७८ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा भने ३६.७४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६६ करोड ३९ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कोषको आम्दानी दोहोरो अंकले वृद्धि भएको छ, जसले खुद नाफा बढ्नमा टेवा पुगेको छ । अघिल्लो आवको तुलनामा कोषको कुल आम्दानी ११.३० प्रतिशतले बढेर १ र्अ ८१ करोड २२ लाख ५६ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कोषमो ब्याज आम्दानी पनि १२.५१ प्रतिशतले बढेर ४० करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
कोषको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ८१ पैसा रहेको छ । कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा २२ अर्ब ३६ करोड ९४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको तुलनामा चुक्ता पुँजी ६२.५० प्रतिशत र जगेडा कोषका आकार १६.७८ प्रतिशतले बढेको हो ।
यस्तै, सेवा शुल्क तथा कमिशन आम्दानी पनि १०.४९ प्रतिशतले वृद्धि भई १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ कायम भएको छ । कोषका कार्यकारी निर्देशक रमन नेपालले बिशेष योजना बनाएर सुधारको काम अघि बढाएको कारण यो परिणाम देखिएको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्