जनता टाइम्स

७ भाद्र २०८०, बिहीबार १५:४५

सुन तस्करीमा संलग्नता देखिएपछि मन्त्रालय तानिए अध्यागमनका महानिर्देशक


काठमाडौं, भदौ ७ । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ ।

मन्त्रालयले यसबारे के भएको हो अनुसन्धान गर्नका लागि मन्त्रालयमा तानिएको हो । अधिकारीलाई मन्त्रालयको जगेडामा राखिएको छ । अधिकारी २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका थिए ।

अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रिय पात्र हुन ।