जनता टाइम्स

१७ भाद्र २०८०, आईतवार १७:००

एमाले अध्यक्ष ओलीसँग अमेरिकी सिनेटरको भेटवार्ता, यस्तो छ निश्कर्ष


काठमाडौं, भदौ १७ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी सिनेटर क्रिस भ्यान होलेनबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर होलेनबीच आइतबार दिउँसो भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित लगायत विषयमा छलफल भएको बताइएको छ ।

भेटमा एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमाले उपमहासचिव विष्णु रिमाल, एमाले बिदेश बिभाग सचिव डा. अञ्जान शाक्य लगायतको सहभागिता थियो । होलेनले यसअघि भदौ १५ गते प्रधामन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।