धरान, भदौ २३ । धरानका मेयर हर्क साम्पाङले आफूसँग प्रश्न सोधेकै कारण एक जना युवालाई थुनाउनु भएको छ । साम्पाङले शनिवार आयोजित एक कार्यक्रममा नगरको बिकासलाई लिएर प्रश्न गरेपछि आक्रोशित बनेका मेयर साम्पाङले नगर प्रहरीलाई आदेश दिएर पक्राउ गरी प्रहरीमा थुनाउनु भएको हो ।
मेयर साम्पाङले आफैले सामाजिक सञ्जालमा लेखेको भन्दै अशोक लिम्बूलाई पक्राउ गरी थुनाउनु भएको हो । थुनेका विषयमा साम्पाङले सामाजिक सञ्जालमा बदमासलाई प्रहरीलाई जिम्मा लगाएको उल्लेख गर्नुभएको छ । मेयर साम्पाङले स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई नछाड्ने बताउनु भएको छ ।
शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना कार्यक्रम गरिरहेका मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने ? भनेर लिम्बुले प्रश्न सोध्नुभएको थियो । सो प्रश्न गरेको विषयलाई लिएर लिम्बूलाई नगर प्रहरी लगाएर पक्राउ गरिएको थियो । लिम्बूलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ ।
लिम्बूविरुद्ध उजुरी भने कसैले दिएको छैन । मेयर साम्पाङको निर्देशनमा नगर प्रहरीले लिम्बूलाई पक्राउ गरेर बुझाएपछि हिरासतमा राखिएको धरानका डीएसपी नवराज मल्लले बताउनु भएको छ ।
लिम्बुले मेयर सम्पाङलाई प्रश्न गर्दा पनि शिष्ट भाषा नै प्रयोग गर्नुभएको छ । लिम्बुले प्रश्न सोध्दा ‘तिमि चुप लाग, तिमि चुप लाग भाई, तिमि बिरोध गर्न आएको ? भन्दै आक्रोशित बन्नुभएको थियो । एउटा युवालाई प्रश्न सोधेकै कारण पक्राउ गरी हिरासतमा राख्न लगाएर मेयर राईले पदको चरम दुरुपयोग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्