काठमाडौं, असोज १ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तीज पर्वमा देखिने भड्किलोपन र खर्चिलोपनले चाडपर्वको मौलिक सौन्दर्यलाई फिक्का बनाउने बताउनु भएको छ ।
हरितालिका तिजको अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले चाडपर्वहरूसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गति न्यून गर्न सबैले क्रियाशील रहनुपर्ने बताउनु भयो ।
तीजले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता र पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन सहयोग गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।
सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृति जगेर्ना गर्दै पुस्तान्तरण गर्न मौलिक चाडपर्वको गरिमालाई सधैँ उच्च राख्नुपर्ने पनि उहाँले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्