काठमाडौं, असोज ४ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति कडा आक्रोश पोख्नुभएको छ ।
अन्तरपार्टी निर्देशन (अपानि) को बिषयमा खनालले सार्वजनिक रुपमै आपत्ति जनाएपछि नेपालले आक्रोश पोख्नुभएको हो । अपानीमा पार्टीका सम्मानित नेता खनालले गरेको टिप्पणीबारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले अनुशासनहीन कामको संज्ञा दिनुभयो ।
उहाँले पार्टीभित्रको विषय सडकमा लाने काम पार्टीको जिम्मेवार मान्छे र अनुशासन बुझेको मान्छेले नगर्ने भन्दै खनालप्रति कटाक्ष गर्नुभयो ।
खनालले अध्यक्ष नेपालले एकलौटी गरेको भन्दै नेताहरूको कार्यविभाजन सच्याउन माग गर्दै आएका छन ।
नेता खानालले नेपालले जारी गरेको अपानी खतरनाक भएको बताउनु भएको थियो । नेपालले अपानीमा देखिएको समस्या पार्टी भित्रैबाट हल गरिने पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्