जनता टाइम्स

१३ आश्विन २०८०, शनिबार १७:५७

एमाले कोशीको अध्यक्षमा बिनोद ढकाल र घनश्याम खतिवडाको उम्मेदवारी दर्ता


विराटनगर, असोज १३ । नेकपा एमाले कोशीको अध्यक्ष पदमा बिनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

एमाले कोशी प्रदेश समितिको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार मानिएका ढकाल र खतिवडा दुवैले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

एमाले कोशी प्रदेश अधिवेशनको अध्यक्ष मण्डलका सदस्य सुनिता बरालले अध्यक्ष पदका लागि खतिवडा र ढकालको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो । आज अपराह्न साढे ४ बजेसम्मका लागि मनोनयन दर्ताको समय छुट्याइएको थियो । तर समयभित्र उम्मेदवारी दर्ताको क्रम जारी रहेपछि समय बढाइएको छ ।

एमाले कोशी प्रदेश अधिवेशनले नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्मको समय छुट्याइएको छ । प्रदेश अधिवेशनले अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित २ सय १५ सदस्यीय हुनेछ ।