विराटनगर, असोज १४ । नेकपा एमाले कोशी प्रदेशमा उम्मेदवारको सूची सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक भएको सूचीमा आवश्यकभन्दा धेरै उम्मेदवारी परेको छ ।
कोशी प्रदेशको प्रथम अधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज मध्यान्ह १२ बजेदेखि मतदान सुरु हुनेछ ।
शुक्रबारदेखि जारी रहेको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई जना मैदानमा छन । मोरङका विनोद ढकाल र घनश्याम खतिवडा अध्यक्षको प्रतिस्पर्धामा हुनुहुन्छ । उपाध्यक्षमा भने धनकुटाका टिकाराम चेम्जोङ सर्वसम्मत हुनुभएको छ । चेम्जोङ बर्तमान कमिटीका पनि उपाध्यक्ष हुनुहुन्छ ।
सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै दुई उपसचिवका लागि अहिलेसम्म तीन जनाले मनोनयन दर्ता गरेका छन् । खोटाङका देवान राई, झापाका जलबर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेद्वारी दर्ता गर्नुभएको हो ।
अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।
यी हुन उम्मेदवार
प्रतिक्रिया दिनुहोस्