जनता टाइम्स

१६ आश्विन २०८०, मंगलवार १८:३१

दसैंको टिकाको शुभसाइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा​​


काठमाडौं, १६ असोज । पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ । पञ्चाङ्ग निर्णायक समितिले आज एक विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दसैंको शुभसाइत सार्वजनिक गरेको हो ।

घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृत्ति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिने उल्लेख छ ।