जनता टाइम्स

२० आश्विन २०८०, शनिबार १२:२६

बझाङमा भूकम्पको धक्का, फेरि गयो ५.३ म्याग्निच्युडको परकम्प


काठमाडौं, २० असोज । बझाङमा यही असोज १६ गते गएको भूकम्प पछि परकम्प जाने क्रम जारी छ ।

आज बिहान ११ बजे ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाए ५.३ म्याग्निच्युडको परकम्प गएको छ ।

१६ गते दिउँसो २ः४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति भएको छ । १६ गतेको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन् । यो सबैभन्दा ठूलो पराकम्प हो ।