काठमाडौं, असोज २६ । नेपाली कांग्रेस कोशी प्रदेशमा बिवाद चरम सीमामा पुगेको छ । कोशी सरकार निमार्णको सबालमा नेपाली कांग्रेसको एउटा समुहले बिद्रोह गरेपछि आन्तरिक किचलो थप बढेको हो । जसका कारण एक अर्कालाई कारबाही गर्नेसम्मका कुरा सुरु भएका छन ।
कोशी सरकारको भावी नेतृत्वका लागि शेखर कोइराला पक्षधरले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दावी गरे पछि कांग्रेसमा किचलो देखिएको हो । कार्की समुहले गरेको बिद्रोहका बारेमा निर्णय लिनका लागि कांग्रेस संसदीय दलको बैठक आज बोलाईएको छ ।
बिहान ११ बजे देखी सुरु हुने उक्त बैठकले कार्की समुहलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा निर्णय लिने जनाईएको छ । तर, कार्की समुहले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्वीप नलाग्ने भएकाले आफूहरूलाई कारबाही गर्न नसक्ने जनाउँदै आएका छन ।
केपी ओली नेतृत्वको सरकार अपदस्थ गर्न परमादेश दिदाँ नै ह्वीप नलाग्ने बिषयमा ब्याख्या भएको तर्क गर्दै कांग्रेस संसदीय दलले कारबाही गर्न नसक्ने भएकाले आजै कार्कीले मुख्यमन्त्री नियुक्ती हुने विश्वास ब्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्