जाजरकोट, कात्तिक २१ । भूकम्पपीडितको उपचारका लागि स्वास्थ्य सामाग्रीसहित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका टोली जाजरकोटमा खटिएको छ ।
महासंघका केन्द्रीय उपाध्यक्ष भिमराज सिंह नेतृत्व स्वास्थ्यकर्मीको टोली शनिवारदेखि नै भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा उपचार, उद्दार र राहतको कामलाई ब्यबस्थित गर्न खटिएको अध्यक्ष झलक गौतमले जानकारी दिनुभयो ।
अध्यक्ष गौतमका अनुसार महासंघका जिल्लाका पदाधिकारी, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल, सरुवा रोग नियन्त्रण प्रदेश निर्देशनालय गण्डकीका प्रमुख डा. बिकाश गौचन र अन्य चिकित्सकसहितको टोली कार्ययोजना बनाएर निरन्तर पीडितको सेवामा खटिरहेको छ।
अध्यक्ष गौतमले भूकम्प प्रभावित क्षेत्रमा पीडितको सेवामा कुनै अभाव हुन नदिन पनि अपिल गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्