काठमाडौं, कात्तिक ३० । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा पुगेर माफी माग्दै छुटेका दुर्गा प्रसाई एक साता नबित्दै अराजक अभिब्यक्ति दिन सुरु गरेका छन ।
आफ्नो अराजक अभिब्यक्तिको आधार माग्दै प्रहरीले कसेपछि ‘अव आइन्दा गल्ती गर्दिन’ भन्दै छुटनु भएका प्रसाई आफूले प्रहरीमा माफी नमागेको भन्दै फेरि अराजक बनेका हुन । प्रसाईले यही कात्तिक १९ गते आइतवार साइबर ब्यूरोमा अव गल्ती नगर्ने भन्दै कागजमा हस्ताक्षर गरेर बाहिरिनु भएको जनताटाइम्स डटकमले त्यही दिन खुलासा गरेको थियो ।
बैंकको ऋण लिएर तिर्दिन भन्दै हिडने मेडिकल ब्यवसायी प्रसाईले राजनीतिक दलका शीर्ष नेताको बिषयमा आफूले दिएको अभिब्यक्ति गलत रहेको स्वीकार गर्दै प्रहरीमा कागज गरेर फर्किनु भएको हो ।
साइबर ब्यूरोमा बयानमा सहभागी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालसहित प्रहरी अधिकृतहरु बसेर प्रसाईंसँग प्रमाणसहित पश्न गरेपछि ‘फोक्सोमा पानी जमेको छ हजुर, जे भयो गल्ती भयो, अव उप्रान्त गल्ती गर्दिन’ भन्ने कबुलियतनामा गर्नुपरेको हो । जब प्रहरीले प्रसाईलाई प्रमाण राखेर सोधपुछ गर्न थाल्यो तब थरथर काम्दै प्रसाईले आफ्नो कुरा राख्दै माफी मागेका हुन ।
पछिल्लो समय राजा फर्काउने भन्दै ऋण मिनाहा अभियान चलाइरहनु भएका प्रसाईंले गल्ती स्वीकार गरेपछि अबउप्रान्त कसैको मानमर्यादामा आँच पुग्ने अभिव्यक्ति नदिने प्रतिबद्धतामा सही गराएर छाडिएको ब्यूरोका अधिकारीले बताएका छन ।
प्रहरीले अभिव्यक्तिको अडियो, भिडियो रेकर्ड देखाएपछि अन्तिममा ‘गल्ती भयो, अब दोहोर्याउँदिन’ भन्दै कागज गर्न प्रसाई सहमत भएको बयानमा सहभागी ती अधिकृतको भनाई छ । प्रहरीसामू प्रसाईले ‘अब उप्रान्त यस्तो गर्दिनँ, जे भयो गल्ती भयो’ भन्ने व्यहोराको कागजमा हस्ताक्षर गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्