काठमाडौं, मंसिर ४ । नेकपा एमालेको युवा र विद्यार्थी संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले मंसिर ७ गते गर्ने प्रदर्शनको ठाउँ परिवर्तन भएको छ ।
माइतीघर मण्डलामा आयोजना गरिएको युवा विद्यार्थी विशेष कार्यक्रम सोही दिन सोही समयमा तीनकुनेमा हुनेगरी सारिएको युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि एमालेको युवा(विद्यार्थी विशेष कार्यक्रम तिनकुनेमा गर्न लागिएको हो ।
एमालेको युवा(विद्यार्थी विशेष कार्यक्रम माइतीघर मण्डलामा गर्ने तय भएको थियो । तर काठमाडौं प्रशासनले सोमबार पद्मोदय मोडदेखि, माइतीघर, बबरमहल र नयाँ बानेश्वर चोकसम्म निधेषित क्षेत्र घोषणा गरेपछि ठाउँ सारिएको हो । काठमाडौं प्रशासनले ती क्षेत्रमा आजदेखि ३० दिनसम्म प्रदर्शन गर्न रोक लगाउँदै निषेधाज्ञा आदेश जारी गरेको छ ।
युवा संघ र अनेरास्ववियुले सरकारका कामकारबाही विरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्