काठमाडौं, मंसिर ५ । सर्वोच्च अदालतको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस भएको छ । आज बसेको न्यायपरिषदको बैठकले सर्वाेच्च अदालतका ६ न्यायाधीशका लागि नाम सिफारिश गरेको हो ।
सर्वाेच्चको न्यायाधीशमा सिफारिश भएकाहरुमा उच्च अदालतका न्यायाधीश सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिज मुसलमान हुनुहुन्छ । यस्तै नेपाली कांग्रेसको कोटाबाट नेपाल बार एशोसियशनका पूर्वमहासचिव सुनिल पोखरेल र बालकृष्ण ढकाल सर्वाेच्चको न्यायाधीशमा सिफारिस हुनुभएको छ ।
सर्वाेच्चको न्यायाधीश सिफारिशमा उच्च अदालतका एक मात्र मुख्य न्यायाधीश नृपध्वज निरौलालाई भने जानजान छुटाइएको छ । सर्वाेच्च अदालतको एक जना न्यायाधीश पद खाली रहँदा रहँदै निरौलालाई छुटाएर ६ जनाको मात्र नाम सिफारिश गरिएको हो । निरौला वरियताका आधारमा र परिषद्ले बनाएको पछिल्लो मापदण्डका आधारमा पनि एक नम्बरमा सिफारिस हुनुपर्ने मुख्य न्यायाधीश हुनुहुन्छ ।
माओवादी कोटाबाट महान्यायाधिवक्ता दिनमणि पोखरेललाई केही समयपछि अटाउनका लागि रिक्त राखिएको बताइएको छ । यो सूची हेदा न्यायाधीश सिफारिशमा चरम राजनीतिकरण भएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्