जनता टाइम्स

६ मंसिर २०८०, बुधबार १३:१२

राष्ट्रिय हितलाई तिलाञ्जली दिएर छिमेकी मुलुकसँग सुमधुर हुन सक्दैन : अध्यक्ष ओली


काठमाडौं, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले संकटको अवस्थामा रहेको बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै देशको सार्वभौम सत्ता, स्वाधीनतामाथि प्रहार हुँदा गठबन्धन मौन रहेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो– हाम्रो देशको सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता जुन गर्व र स्वभाविमानमाथि प्रहार भएको छ । त्यसको स्खलन अहिले गठबन्धनले गराइरहेको छ । देशको लागि खतरनाक कुरा यही छ ।

उहाँले आफूहरूले छिमेकी देशसँग सुमधुर सम्बन्ध चाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– तर, सुमधुर सम्बन्ध आत्मसमर्पण गरेर राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, घुँडा टेकेर स्वाभिमान छाडेर, सार्वभौम सत्तामा ठेस लागेको हेरेर सम्बन्ध सुमधुर हुँदैन । मन कुँड्याएर र हेपिएको बोध गरेर सम्बन्ध सुमधुर हुने होइन ।