काठमाडौं, ६ मंसिर । नेकपा एमालेको बुधबार बुेको केन्द्रीय कमिटी बैठले आगामी १४ मंसिरदेखि सञ्चालन हुने समृद्धिका लागि संकल्प यात्राको सान्दर्भिकता र सन्देश बारे प्रष्ट पारेको छ । बैठकपछि जारी प्रेस वक्तब्यमा ६ बुँदामा संकल्प यात्राको सान्दर्भिकता र सन्देश बारे प्रस्ट्याइएको हो ।
वक्तब्यमा भनिएको छ ‘ समस्या कहाँ छन् ? किन पूर्वाधार र उत्पादनको विषय जोडिन सकेको छैन ? हाम्रो विकास र पूर्वाधार निर्माणको ढाँचामा नै पो कुनैसमस्या छन् कि ? छन् भने समाधान कसरी गर्न सकिन्छ ? र, पहाडलाई विकास र समृद्धिको नमूना कसरी बनाउन सकिन्छ ? यस अभियानमार्फत् हामी जवाफ खोज्ने कोशिस गर्नेछौँ ।’
यसबाहेक बैठकले समसामयिक प्रस्तावमा जाजरकोकोट भूकम्पमा पार्टी तथा जनसंगठनकन तर्फबाट खटिनुभएका साथीहरूलाई धन्यावद ज्ञापन गरेको छ । देशमा बढ्दो अराजकतामा सरकार रमिते बनेकामा एमालेले आपत्ति जनाएको छ । त्यसैगरी बैठकले समसामयिक प्रस्तावमा इजराईल –हमास युद्धमा अन्तराष्ट्रिय मानवीय कानुनको पालना गर्न दुवै पक्षलाई आग्रह गर्दै तत्काल युद्धविराम गर्न आह्वान समेत गरेको छ ।













प्रतिक्रिया दिनुहोस्