जनता टाइम्स

७ मंसिर २०८०, बिहीबार ०१:४४

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु किर्तिपुर


काठमाडौं, मंसिर ७ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

आज बिहान १ बजेर १९ मिनेटमा काठमाडौंको किर्तिपुर केन्द्रबिन्दु भएर ३. ८ रेक्टरको भूकम्प गएको हो ।

उपत्यकाका तीनवटै जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । रातको समयमा भूकम्पको धक्का कडा महसुस भएको छ ।