जनता टाइम्स

७ मंसिर २०८०, बिहीबार १३:०९

बल्खुमा दुर्गा प्रसाई समर्थकहरू आफैमा हानाहान, दुई घाइते


काठमाडौं, ७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा आफैमा हानाहान भएको छ । उक्त झडपमा दुईजना घाइते भएका छन् ।

घाइते दुईजनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई अस्प्ताल लगिएको हो ।

यसअघि, कार्यक्रममा सहभागीहरु आफै हानाहान र तोडफोडमा ओर्लिएका थिए । बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाएर तोडफोड गर्दै केहीमा क्षति पुर्याएका छन् ।

तर प्रसाई समर्थक प्रदर्शनकारीले भने आफूहरूको आन्दोलनमा युवासंघको घुसपैठ भएको आरोप लगाएको छ । । उनीहरुले युवा संघका कार्यकर्ताले ढुंगा हानेको बताएका छन् । युवा संघका कार्यकर्ताले आफूहरुको प्रदर्शनमा प्रवेश गरेर ढुंगा हानेको प्रसाईं समूहको दाबी छ ।